काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनो सुधार आएको छ। आज नेप्से सूचक ४ अंकले बढेर २५९५.८१ विन्दुमा बन्द भएको छ ।
नेप्सेका अनुसार आज ३५४ वटा कम्पनीका १ करोड २७ लाख १९ हजार ७३४ कित्ता सेयर खरिदबिक्री हुँदा कुल ४ अर्ब ४६ करोड ५२ लाख ४६ हजार ३६० रुपैयाँ बराबरको कारोबार भएको छ । आज सबैभन्दा धेरै धौलागिरी लघुवित्त र स्नो रिभरको सेयर मूल्य समान १४.९९ प्रतिशतले वृद्धि भएको छ। यस्तै, रिज लाइन इनर्जीका लगानीकर्ताले सबैभन्दा धेरै ६.२९ प्रतिशत गुमाएका छन् ।
कारोबार रकमका आधारमा आज कुमारी बैंक अग्रस्थानमा रहेको छ, जसको २५ करोड १९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दोस्रो स्थानमा रहेको घलेम्दी हाइड्रोको १९ करोड ८० लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

