Khaptad Organic Nepal

काठमाडौँ । मनसुनी र पश्चिमी वायुको आंशिक प्रभावका कारण मुलुकका विभिन्न क्षेत्रको मौसममा फेरबदल आएको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशका हिमाली तथा पहाडी भेगमा आंशिक बदली हुनुका साथै तराईका केही ठाउँमा हुस्सु लागेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने कर्णाली, सुदूरपश्चिम र समग्र तराई क्षेत्रमा आंशिक बदली रहनेछ । यस क्रममा कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली र पहाडी भेगका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली/पहाडी भागका एक-दुई स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पनि छिटपुटदेखि हल्का वर्षा हुनसक्ने अनुमान छ ।

त्यस्तै, आज राति कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागमा साधारणतया बदली भई बाँकी भेगमा आंशिक बादल लाग्नेछ । भोलि बिहान तराईका क्षेत्रमा हुस्सु लाग्ने सम्भावना छ ।

रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा तराई क्षेत्रका थोरै स्थानमा मध्यम वर्षाको आकलन गरिएको छ । कोशी र बागमतीका हिमाली भूभागका साथै कर्णाली र सुदूरपश्चिमका पहाडी भेगमा हल्का वर्षा वा हिमपात तथा मधेश र सुदूरपश्चिमका तराईका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।