Khaptad Organic Nepal

काठमाडौँ । दुबईबाट इजरायलको तेल अभिभतर्फ उडान भरिरहेको फ्लाईदुबईको विमान अपहरण प्रयास घटनाको अनुसन्धान तीव्र पारिएका बेला यूएई प्रहरीले माल्दिभ्सका दुई जना सहचालकलाई नियन्त्रणमा लिएको छ । माल्दिभियन सञ्चारमाध्यम अधाधूका अनुसार अक्टोबर ३ मा उनीहरूलाई पक्राउ गरिएको हो ।

यसअघि सेप्टेम्बर ३० मा ओमानका सहचालक हम्माम अल–हम्मामीले उडानकै क्रममा भारतीय मुख्य चालक स्मित मच्छारमाथि धारिलो हतियार प्रहार गरी विमान आफ्नो नियन्त्रणमा लिने कोसिस गरेका थिए । १७४ जना सवार उक्त विमानमा घाइते चालक मच्छारको प्रतिकार पछि अन्य चालक दलका सदस्य तथा यात्रुहरू मिलेर आक्रमणकारीलाई नियन्त्रणमा लिएका थिए । त्यसलगत्तै विमानलाई साउदी अरबको तबुक विमानस्थलमा सुरक्षित रूपमा आपत्कालीन अवतरण गराइएको थियो ।

संयुक्त अरब इमिरेट्स (यूएई) का सुरक्षा अधिकारीहरूले यसलाई सम्भावित आतङ्कवादी षड्यन्त्रका रूपमा लिएर अनुसन्धान अघि बढाएका छन् । यद्यपि पक्राउ परेका दुई माल्दिभियन सहचालकहरूको भूमिकाबारे विस्तृत विवरण सार्वजनिक भइसकेको छैन । यस घटनाको गम्भीरतालाई ध्यानमा राख्दै भारतको राष्ट्रिय अनुसन्धान निकाय (एनआईए) ले पनि छुट्टै मुद्दा दर्ता गरी छानबिन सुरु गरेको छ । आक्रमणमा चोटपटक लागेका भारतीय पाइलट मच्छारको अबुधाबीस्थित अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य स्थितिमा सुधार आइरहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।