Khaptad Organic Nepal

काठमाडौँ । प्रसिद्ध आनी तथा गायिका आनी छोइङ डोल्मालाई सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षको जिम्मेवारी सुम्पिएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उक्त पदमा चयन गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

लुम्बिनी विकास कोष ऐन, २०४२ को दफा ८ को उपदफा (१) को खण्ड (ख) मा व्यवस्था भएबमोजिम उनलाई नियुक्त गरिएको हो। यस ऐनअनुसार उनको कार्यकाल ५ वर्षको रहनेछ ।

लामो समयदेखि खाली रहेको कोषको उपाध्यक्ष पदमा नियुक्त भएकी आनी छोइङ डोल्मा १३ वर्षको उमेरमा शिवपुरीस्थित नागी गुम्बा प्रवेश गरेकी हुन् । बौद्ध मन्त्र तथा धार्मिक संगीतको अध्ययन गरेकी उनले आधुनिक संगीतको माध्यमबाट बौद्ध भजन तथा मन्त्रलाई विश्वभर चिनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएकी छन् ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।