काठमाडौँ । नेकपा एमालेले आफ्नो स्थायी कमिटीको बैठक आज बोलाएको छ ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेदेखि बैठक सुरु हुने जनाइएको छ ।
पार्टीको ११औँ महाधिवेशन सम्पन्न भएपछि स्थायी कमिटीको यो पहिलो औपचारिक छलफल हुन लागेको हो। प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार बैठकमा समसामयिक राजनीतिक विषय र पार्टीको आन्तरिक कार्यभारबारे छलफल हुनेछ ।
एमालेको स्थायी कमिटीमा पदाधिकारीसहित कुल २७ जना सदस्य रहेका छन् ।

