काठमाडौँ । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत अन्य पदाधिकारीहरूको मतगणना आज दिउँसोदेखि प्रारम्भ हुने भएको छ ।
सभापति पदको बाहेक अन्य पदाधिकारीहरूको मतपेटिका पार्टी केन्द्रीय कार्यालय सानेपा पुर्याइसकिएको छ । मतगणना सुरु गर्नुअघि निर्वाचन समितिले पदाधिकारीका उम्मेदवारहरूसँग छलफल गर्न लागेको हो । समितिका सदस्य सचिव राजु कटुवालका अनुसार उपसभापति तथा महामन्त्री पदका उम्मेदवारहरूलाई दिउँसो १ बजे छलफलका लागि सानेपास्थित केन्द्रीय कार्यालयमा बोलाइएको छ । उक्त बैठकलगत्तै मतगणनाको कार्य अघि बढाइनेछ ।
यसअघि महाधिवेशनअन्तर्गत शुक्रबार राति १० बजे मतदान प्रक्रिया सकिएको थियो । त्यसपछि राष्ट्रिय सभा गृहमा राति १ बजेदेखि सुरु भएको सभापति पदको मतगणनाको परिणाम आइसकेको छ । सभापतिमा ६ हजार ५८४ मत प्राप्त गर्दै थापा विजयी भएका छन् भने उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत ल्याएका छन् ।
उक्त मतदानमा कुल ५४ मत बदर भएको थियो । कुल ७ हजार ३१७ महाधिवेशन प्रतिनिधिमध्ये यसपटक ७ हजार ३९ जनाले आफ्नो मत अधिकार प्रयोग गरेका थिए ।

