विराटनगर । प्रदेश सरकारको सिफारिसमा कोशी प्रदेशसभाको नवौँ अधिवेशन विसर्जन गरिएको छ । प्रदेश प्रमुख परशुराम खापुङले मन्त्रिपरिषद्को निर्णयबमोजिम अधिवेशन अन्त्यको घोषणा गर्नुभएको हो ।
प्रदेश प्रमुखको कार्यालयद्वारा जारी सूचना अनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (२) लाई आधार मान्दै २०८३ साल असोज २४ गते शनिबार राति १२ बजेदेखि लागू हुने गरी चालु अधिवेशन स्थगन गरिएको छ ।

