काठमाडौँ । सङ्घीय संसद अन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशन १४५ दिनसम्म चलेर औपचारिक रूपमा अन्त्य भएको छ ।
गत वैशाख २८ गतेदेखि सुरु भएको यो अधिवेशन असोज १६ गतेसम्म सञ्चालन हुँदा ६२ दिनमा कुल ६८ पटक बैठक बसेको थियो ।
अधिवेशन अवधिभर संसदले आर्थिक विधेयक २०८३, विनियोजन विधेयक २०८३ र सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) लगायत १२ वटा महत्वपूर्ण विधेयक पारित गरेको छ । तीमध्ये ११ वटा विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गरिसक्नुभएको छ भने २० वटा विधेयक अझै विभिन्न संसदीय समितिमा छलफलका क्रममा छन् ।
यसै अधिवेशनले जलवायु परिवर्तनको असर, जलवायु न्याय तथा भोटेकोशी-त्रिशूली विपद्बारे अध्ययन गर्न १५ सदस्यीय विशेष संसदीय समिति गठन गर्नुका साथै वार्षिक बजेट समेत पारित गरेको छ ।
सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माणसँगै जनसरोकार र विपद् व्यवस्थापनमा संसदको भूमिका प्रभावकारी रहेको र युवा सांसदहरूको विचारले संसदीय अभ्यासलाई थप समृद्ध बनाएको बताउनुभयो ।

