Khaptad Organic Nepal

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच गएराती बूढानीलकण्ठस्थित लामिछाने निवासमा करिब चार घण्टा लामो भेटवार्ता भएको छ ।

दुई नेताबीच भएको उक्त छलफलमा मुख्यगरी सरकारको हालसम्मको कार्यसम्पादन, निजामती कर्मचारीसम्बन्धी ल्याउन लागिएको अध्यादेश, सांसद खगेन्द्र सुनारसँग जोडिएको विवाद तथा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसँग सम्बन्धित विषयमा गहन कुराकानी भएको स्रोतले जनाएको छ ।

यसका साथै मन्त्रिपरिषद् पुनर्गठन तथा केही महत्त्वपूर्ण राजनीतिक नियुक्तिहरूका बारेमा पनि विचार-विमर्श भएको दाबी गरिएको छ । विशेष गरी प्रधानमन्त्री शाहले निजामती कर्मचारीको सेवा सञ्चालनका सम्बन्धमा ३०-५५ को व्यवस्थासहित ल्याउन लागेको नयाँ अध्यादेशमा लामिछानेको समर्थन जुटाउने प्रयास गरेका थिए । तर, उक्त अध्यादेशमा प्रस्ताव गरिएको ३० वर्षे सेवा अवधि वा ५५ वर्षे उमेर हदको प्रावधानप्रति लामिछाने भने सकारात्मक नरहेको बुझिएको छ ।

अर्कातिर, प्रहरी महानिरीक्षक कार्कीलाई राजीनामा दिन प्रधानमन्त्रीको सचिवालयबाट दबाब आएको खबर सार्वजनिक भएसँगै राजनीतिक वृत्त तरंगित बनेको सन्दर्भमा पनि दुई नेताबीच संवाद भएको बताइएको छ । यद्यपि, उच्चस्तरीय तहमा भएको यस भेटवार्ताका सम्बन्धमा दुवै पक्षले आधिकारिक रूपमा कुनै औपचारिक जानकारी वा वक्तव्य भने सार्वजनिक गरेका छैनन् ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।