काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिनका लागि निजी तथा पारिवारिक धार्मिक भ्रमणका क्रममा भारत प्रस्थान गर्ने भएका छन् ।
सभापति लामिछानेले आजदेखि उत्तराखण्डको नैनीतालमा रहेको कैंची धाम तथा आसामको गुवाहाटीस्थित प्रसिद्ध कामाख्या मन्दिरमा पुगेर परिवारसहित पूजाअर्चना गर्ने तालिका तय भएको उनको निजी सचिवालयले जानकारी दिएको छ । उक्त तीनदिने तीर्थयात्रा पूरा गरेलगत्तै उनी स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

