Khaptad Organic Nepal

काठमाडौँ । नेपालले जारी आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजमा आज ओमानविरुद्ध खेल्दैछ ।

ओमानको अल अमेरात क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार बिहान ११: १५ बजेदेखि सुरु हुँदैछ । नेपालले यस सिरिजमा हालसम्म दुई खेल जितेको छ भने एक खेलमा पराजय भोगेको छ । यस्तै ओमानले भने नेपालविरुद्धको अघिल्लो खेलमा हार व्यहोरेको थियो भने क्यानडाविरुद्ध एक खेल जितेको थियो ।

विश्वकप लिग-२ को शीर्ष चारमा परेर विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा सोझै पुग्ने सम्भावना समाप्त भएसँगै नेपाल अहिले एकदिवसीय मान्यता जोगाउने होडमा रहेको छ । यसका लागि नेपालले लिग-२ को अंकतालिकामा शीर्ष ६ भित्र स्थान बनाउनुपर्ने हुन्छ । लिग–२ मा पाँचौँ र छैटौँ स्थानमा रहने टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता स्वतः जोगिनेछ भने सातौँ र आठौँ स्थानमा रहने टोलीको मान्यता जोखिममा पर्नेछ । नेपाल हाल ३५ खेलमा २८ अंकसहित छैटौँ स्थानमा रहेको छ र आफ्नो स्थान सुरक्षित राख्नका लागि आजको खेल जित्नैपर्ने दबाबमा छ । साथै नेपालका लागि लिग-२ को यस चक्रको यो अन्तिम खेल पनि हो ।

नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली ओमान पठाएको छ । नेपाली टोलीमा सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, बसिर अहमद, इशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी, नन्दन यादव, साहब आलम र सन्दीप जोरा रहेका छन् ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।