काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले दाङको लमही नगरपालिकामा निर्माणाधीन ट्रमा सेन्टरको स्थलगत अनुगमन गरेकी छन् ।
स्वास्थ्य सचिव डा. विकास देवकोटा र मन्त्रीका प्रमुख विज्ञ सल्लाहकार डा. मनोहर प्रधानसहित पुगेको टोलीले भवनको हालसम्मको भौतिक प्रगति एवम् भावी सञ्चालन ढाँचाबारे विस्तृत जानकारी लिएको छ ।
अनुगमनका क्रममा मन्त्री मेहताले सेन्टरबाट सर्वसाधारणलाई दिइने ट्रमा सेवाका लागि आवश्यक भौतिक संरचना, जनशक्ति र पूर्वाधार व्यवस्थापनको अवस्थाबारे गम्भीरतापूर्वक चासो व्यक्त गरेकी थिइन् ।
टोलीले निर्माण कार्यलाई तीव्रता दिँदै यथाशीघ्र गुणस्तरीय स्वास्थ्य सेवा सञ्चालनमा ल्याउन सम्बन्धित पक्षलाई निर्देशन दिएको छ ।

