Khaptad Organic Nepal

काठमाडौँ । विश्वभर प्राकृतिक स्रोतको संरक्षण गर्दै मानव जीवनलाई दिगो बनाउने उद्देश्यका साथ आज अन्तर्राष्ट्रिय जैवमण्डल आरक्ष दिवस मनाइँदै छ ।

प्रकृति र मानव सभ्यताबीचको सम्बन्धलाई थप सन्तुलित र मजबुत बनाउन संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले यो दिवसको सुरुआत गरेको हो । जैविक विविधताको रक्षा, जलवायु परिवर्तनका असर न्यूनीकरण र स्थानीय समुदायको सामाजिक-आर्थिक स्तरोन्नतिलाई एकसाथ अघि बढाउने नमुना थलोका रूपमा जैवमण्डल आरक्षलाई लिने गरिन्छ । युनेस्कोका अनुसार हाल संसारका १४५ मुलुकमा ७९७ वटा त्यस्ता आरक्ष सूचीकृत छन्, जसले विशाल प्राकृतिक भूभाग समेट्नुका साथै करोडौँ मानिसको जीविकोपार्जनमा टेवा पुर्‍याएका छन् ।

संरक्षण, दिगो विकास र वैज्ञानिक अनुसन्धान गरी तीन मुख्य लक्ष्य बोकेका यी आरक्षलाई व्यवस्थापनको सुविधाका लागि कोर (मुख्य संरक्षण), बफर (मध्यवर्ती) र ट्रान्जिसन (संक्रमण) गरी तीन भागमा विभाजन गरिन्छ ।

सन् २०२१ को ४१औँ महासभाबाट निर्णय गरी युनेस्कोले नोभेम्बर ३ लाई यो विशेष दिवसका रूपमा मनाउन थालेको हो । नेपालका कञ्चनजङ्घा संरक्षण क्षेत्र तथा लाङटाङ राष्ट्रिय निकुञ्जलाई यस सूचीमा समावेश गराउन विगतमा प्रयास भए तापनि हालसम्म नेपालको कुनै पनि भूभाग युनेस्कोको जैवमण्डल आरक्ष सूचीमा सूचीकृत हुन सकेको छैन ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।