Khaptad Organic Nepal

काठमाडौँ । आज कार्तिक शुक्ल एकादशीका अवसरमा देशभरका हिन्दु धर्मावलम्बीले तुलसीको विधिपूर्वक पूजाआजा गर्दै हरिबोधिनी एकादशी पर्व मनाइरहेका छन् ।

हरिशयनी एकादशीमा क्षीरसागरमा शयन गर्नुभएका भगवान् विष्णु आज निद्राबाट ब्युँझनुहुने धार्मिक मान्यता रहेकाले यस दिनलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी भनिन्छ । चार महिनाअघि हरिशयनी एकादशीका दिन घरघरमा रोपिएका तुलसीको मठमा आज विशेष आराधना गरी भगवान् विष्णुसँग तुलसीको विवाह गराउने परम्परा छ । चार महिनासम्म भगवान् विष्णु निद्रामा रहने विश्वासका कारण विवाह, व्रतबन्ध जस्ता माङ्गलिक कर्म रोकिने चलन छ भने वर्षायाममा बाढीपहिरो तथा विषालु जीवजन्तुको जोखिम हुने भएकाले यात्रामा समेत संयमता अपनाइन्छ । मठलाई गाईको गोबर र रातो माटोले लिपपोत गरी फूलमालाले सजाएर विष्णुप्रिया तुलसीको पूजा गरिन्छ । मठ नजिकै निगालाको लिङ्ग गाडेर विष्णुको प्रतीकका रूपमा पूजा गर्ने गरिन्छ र कार्तिक महिनाभर सम्पूर्ण देवीदेवता तुलसीमै रहने जनविश्वास रहेको छ ।

धार्मिक आस्थासँगै तुलसीको औषधीय तथा वातावरणीय उपयोगिता पनि महत्त्वपूर्ण मानिन्छ । तुलसीको मठ रहेको घरलाई पवित्र तीर्थस्थलसरह मानिन्छ र यसको सुगन्धले वातावरण स्वच्छ राख्न मद्दत पुग्ने विश्वास गरिन्छ । तुलसीको पात, डाँठ तथा फूलको रस रुघाखोकी र औलोजस्ता समस्यामा उपयोगी मानिन्छ भने यसको प्रयोगले लामखुट्टे टाढा रहने तथा मठ वरपरको हावाले कीटाणु नाश गर्ने जनमानसमा बुझाइ छ । शरद ऋतुमा तुलसीलाई विशेष गुणकारी वनस्पतिका रूपमा लिइन्छ ।

कात्तिक शुक्ल पक्षमा तुलसीको माला पहिरिने र तुलसीपत्र अर्पण गर्ने चलन छ । गरुडपुराणमा एउटा तुलसीपत्र अर्पण गर्दा ठूलो पुण्य प्राप्त हुने उल्लेख गरिएको पाइन्छ । आजको दिन विष्णुको रथयात्रा निकाल्ने र साँझमा शङ्ख, घण्ट तथा ढोल बजाएर भगवान् विष्णुलाई जगाउने परम्परा पनि जीवित छ ।

यस अवसरमा काठमाडौँ उपत्यकाका चार नारायण—चाँगुनारायण, शेषनारायण, इचँगुनारायण र विशङ्खुनारायणमा भक्तजनको विशेष घुइँचो लाग्छ । चार नारायणको दर्शन गर्न नसक्ने भक्तजनले बूढानीलकण्ठस्थित नारायणस्थानको दर्शन गरे चार नारायणकै दर्शन बराबरको फल मिल्ने धार्मिक विश्वास रहेको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।