Khaptad Organic Nepal

काठमाडौँ । प्रहरी संगठनभित्रका तल्लो दर्जाका कर्मचारीहरूले भोग्नुपरेका पेसागत कठिनाइ र गुनासोलाई प्रत्यक्ष सम्बोधन गर्न ‘केन्द्रीय गुनासो व्यवस्थापन डेस्क’ सञ्चालनमा ल्याइएको छ ।

प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले शुक्रबार एक कार्यक्रमका बीच उक्त डेस्कको औपचारिक उद्घाटन गरेका हुन् । शुभारम्भका क्रममा महानिरीक्षक केसीले प्रहरी कार्यालय सहयोगीदेखि वरिष्ठ हवल्दारसम्मका ५४ हजार १२२ जना कर्मचारीको मोबाइलमा एकैसाथ गुनासो दर्ता गर्ने विद्युतीय फाराम (अनलाइन लिङ्क) पठाएका थिए । सोही अवसरमा उनले एक जना प्रहरी कर्मचारीसँग प्रत्यक्ष फोन संवाद गरी उनको समस्या सुनेर सेवाको सुरुवात गरेका थिए ।

प्रहरी नियमावली, २०७१ को नियम १९६ मा भएको व्यवस्थाबमोजिम यो संयन्त्र स्थापना गरिएको हो । तल्लो तहका कर्मचारीको कार्यक्षेत्र र सेवागत जीवनलाई थप सुरक्षित, सम्मानित तथा न्यायोचित बनाउनु यसको मुख्य उद्देश्य रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उद्घाटनका क्रममा महानिरीक्षक केसीले डेस्कमा खटिएका अधिकारीहरूलाई कर्मचारीका समस्या, असमान व्यवहार र विभेदविरुद्धका गुनासोलाई निष्पक्ष रूपमा सुनुवाइ गर्न निर्देशन दिएका छन् ।

प्राप्त गुनासोहरूको समयमै उचित सम्बोधन गर्नसमेत उनले आग्रह गरे । यस नयाँ अभ्यासले संगठनभित्र तल्लो तहका कर्मचारीको मनोबल बढाउन र गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।