Khaptad Organic Nepal

काठमाडौँ । भारतको दुईदिने राजकीय भ्रमणमा नयाँ दिल्ली रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहले आज समकक्षी नरेन्द्र मोदीसहित उच्च भारतीय नेतृत्वसँग द्विपक्षीय भेटवार्ता गर्दै हुनुहुन्छ ।

भारतीय प्रधानमन्त्री मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार दिल्ली पुग्नुभएका प्रधानमन्त्री शाहले भ्रमणको दोस्रो तथा अन्तिम दिन आज विभिन्न महत्वपूर्ण कूटनीतिक र औपचारिक कार्यक्रमहरूमा सहभागिता जनाउने कार्यसूची रहेको छ ।

प्रधानमन्त्रीको कार्यभार सम्हालेपछिको यो पहिलो औपचारिक विदेश भ्रमणका क्रममा उहाँले आइतबार नै भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गरिसक्नुभएको छ । आज बिहान राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर पुष्पगुच्छा अर्पण गरेपछि उहाँको औपचारिक भेटघाट सुरु हुनेछ । त्यसपछि प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ ।

भ्रमणको मुख्य आकर्षणका रूपमा आज हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच द्विपक्षीय वार्ता हुनेछ । वार्तापछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ भने सोही स्थानबाट श्रव्यदृश्य (भर्चुअल) माध्यममार्फत सीमापार रेलसेवाको संयुक्त रूपमा उद्घाटन गर्ने कार्यसूची छ ।

उच्चस्तरीय भेटवार्ताका क्रममा नेपाल र भारतबीच व्यापार, पारवहन, लगानी प्रवर्द्धन, ऊर्जा सहकार्य, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकास जस्ता आर्थिक एजेन्डाहरूमा विस्तृत छलफल हुनेछ । यस्तै, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासका क्षेत्रमा आपसी साझेदारी विस्तार गर्न विभिन्न समझदारीपत्रहरू (एमओयू) आदानप्रदान गर्ने तयारी गरिएको छ ।

प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकार, उच्चपदस्थ सरकारी अधिकारी तथा सञ्चारकर्मीहरू सहभागी छन् । परराष्ट्र मन्त्रालयका अनुसार निजी क्षेत्रका ५२ जना व्यवसायीहरूसमेत आफ्नै खर्चमा भ्रमण दलमा सामेल भएका छन् । भ्रमणको सम्पूर्ण कार्यसूची सम्पन्न गरी प्रधानमन्त्री शाह आजै साँझ १८:३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानमार्फत स्वदेश फर्किनुहुनेछ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।