काठमाडौँ । दुई साताभन्दा बढी समयदेखि मन्त्रिपरिषद्को बैठक स्थगित रहेको अवस्थामा आज सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा नियमित बैठक आह्वान गरिएको छ ।
अपराह्न ३:०० बजे बस्ने उक्त बैठकमा सरकारका चालू कार्यसूचिसहित समसामयिक विषयहरूमा छलफल हुनेछ । यसअघि गत असोज ३० गते मन्त्रिपरिषद्को बैठक बसेको थियो ।
कार्यविधिअनुसार प्रधानमन्त्रीले जुनसुकै बखत आकस्मिक वा विशेष बैठक बोलाउन सक्ने अधिकार रहे तापनि लामो समय अन्तरपछि आज यो बैठक जुट्न लागेको हो ।

