काठमाडौँ । समसामयिक राजनीतिक तथा प्रशासनिक विषयहरूमा निर्णय लिनका लागि आज सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्दैछ ।
प्रधानमन्त्री बालेन्द्र शाहले बिहान ११ बजेका लागि बैठक आह्वान गर्नुभएको उहाँको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुने उक्त बैठकमा मुलुकका समसामयिक मुद्दाहरूमा छलफल गरी आवश्यक निर्णयहरू लिइने सचिवालयको भनाइ छ ।

