Khaptad Organic Nepal

काठमाडौँ । नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज भाइटीका हर्सोल्लासका साथ मनाइँदैछ।

दिदीबहिनीले दाजुभाइको दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै श्रद्धापूर्वक सप्तरङ्गी टीका र माला लगाइदिने परम्परा छ।

यसै पावन अवसरमा प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई अझ प्रगाढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन्।

पौराणिक प्रसङ्ग स्मरण गराउँदै प्रधानमन्त्री बालेनले कार्तिक शुक्ल द्वितीयाका दिन बहिनी यमुनाको निमन्त्रणामा यमराज उहाँको घर पुगी टीका ग्रहण गरेको धार्मिक विश्वास रहेको उल्लेख गरेका छन्। दिदीबहिनीले दूबो, मखमली तथा सयपत्रीको माला लगाइदिने, ओखर फुटाउने, तेलको रेखाले छेक्ने र मिष्ठान्न परिकार खुवाउने सांस्कृतिक परम्पराले नेपाली society र पारिवारिक सम्बन्धलाई मजबुत बनाएको उनको भनाइ छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज दिनभर टीका लगाउन सकिने भए पनि साइत खोज्नेहरूका लागि बिहान ११:०७ बजेको समय उत्तम मानिएको छ। राज्य सञ्चालकहरूका लागि भने साइतमै टीका लगाउनुपर्ने शास्त्रीय मान्यता छ। समितिले टीका लगाइदिने दिदीबहिनी पूर्व र टीका ग्रहण गर्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने जनाएको छ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।