Khaptad Organic Nepal

काठमाडौँ । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ स्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जंगल क्षेत्रमा बुधबार स्कुटर र अटो एकआपसमा ठोक्किएर भएको दुर्घटनामा एक बालक र अटोचालकसहित सात जना घाइते भएका छन् ।

दैजीबाट बेलडाँडीतर्फ आउँदै गरेको सुपप्र ०२–००४ प ६५६५ नम्बरको स्कुटर र विपरीत दिशाबाट जाँदै गरेको भिनपा ००१ ह ५२२ नम्बरको अटो आपसमा जुधेर उक्त दुर्घटना भएको हो । दुर्घटनामा स्कुटरचालक बेलडाँडी गाउँपालिका–२ का ४० वर्षीय दिनेश खाती र उनका ६ वर्षीय छोरा अर्थक खाती घाइते भएका छन् । बालक अर्थकको अवस्था गम्भीर रहेकाले उनलाई थप उपचारका निम्ति धनगढीस्थित निसर्ग अस्पताल पठाइएको छ भने स्कुटरचालक दिनेशको अवस्था सामान्य रहेको छ ।

त्यस्तै, अटोचालक बेलडाँडी गाउँपालिका–१ सिद्धचोकका ४५ वर्षीय ललित सिंह ठकुराठीको अवस्था पनि गम्भीर रहेको र उनलाई थप उपचारका लागि धनगढीको मायामेट्रो अस्पताल लगिएको छ । अटोमा सवार अन्य यात्रुहरूमध्ये १८ वर्षीय हिक्मत ठकुराठी र १५ वर्षीया आशिका ठकुराठीको अवस्था मध्यम रहेको छ भने ३६ वर्षीया सुशीला ठकुराठीको अवस्था सामान्य र २५ वर्षीया शोभा डाँगाको अवस्था मध्यम रहेको छ । उनीहरू सबैलाई मायामेट्रो अस्पतालमै पठाइएको छ । घाइतेहरूलाई प्रारम्भिक उपचारका लागि सुरुमा महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएको थियो ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलडाँडीबाट प्रहरी निरीक्षक जय पार्कीको नेतृत्वमा खटिएको सात सदस्यीय टोलीले घटनास्थल पुगी दुवै सवारी साधन नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालयबाट करिब पाँच किलोमिटर उत्तरमा भएको यस दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।