काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ ।
आज दिउँसो देशका हिमाली र पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रको मौसम मुख्यतया सफा रहनेछ । साथै, हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, आज राति मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागमा आंशिक बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ भने तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ ।

