काठमाडौँ । आज मङ्गलबार, १ मंसिर २०८३ (१७ नोभेम्बर २०२६) को राशिफल सार्वजनिक गरिएको छ ।
प्रस्तुत छ १२ वटा राशिको विस्तृत विवरण तथा सफलता प्रतिशत :
-
मेष : आफूलाई कमजोर भएको अनुभूति हुनेछ । सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । झन्झटिलो काममा फसिएला । अनावश्यक झमेला बेहोर्नु पर्नेछ । मनमा दोधारको अवस्था सिर्जना हुन सक्छ । भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ । प्रेम र सम्बन्धमा ३५, व्यापारमा ३८, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ । यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ । यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने । झुट नबोल्ने ।
-
वृष : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । मन पर्ने वस्त्र उपहार पाइन सकिन्छ । तार्किक क्षमताको प्रभावले स्वरोजगार भइनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । भाग्यशाली रङ निलो र अङ्क ६ रहेको छ । प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६४, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ । यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ । यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने । छलकपट नगर्ने ।
-
मिथुन : उन्नति प्रगतिको वातावरण बन्नेछ । प्रतिस्पर्धामा जित तपाईँको पोल्टामा पर्नेछ । लामो समयदेखिको अधुरो काम सम्पन्न हुनेछ । प्रेमिकाको सुझावअनुरूप नयाँ कार्य थालिएला । भाग्यशाली रङ पर्पल र अङ्क ७ रहेको छ । प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ । यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ । यो राशि हुनेहरूले वृक्षरोपण गर्ने । भरिसक्के लामो यात्रा नगर्ने ।
-
कर्कट : नयाँ कार्यको सुरुआत हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ । प्रेम सम्बन्धमा मधुरता छाउनेछ । प्रेमीसँग कुनै न कुनै माध्यमबाट भेटघाट हुनेछ । वित्तीय संस्था र सेयर बजारबाट राम्रै फाइदा मिल्नेछ । भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ । प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६६, सेयर बजारमा ६५, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ । यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ । यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने । अरूलाई नसताउने ।
-
सिंह : मन खिन्न हुने स्थिति आउनेछ । भ्रमण, खानपान तथा फेसनमा धन खर्च बढ्नेछ । वैदेशिक क्षेत्र कमजोर रहनेछ । शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ । साँझमा रमाइलो यात्रा हुन सक्छ । भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ । प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, सेयर बजारमा ३०, वैदेशिक कार्यमा ४० र शिक्षामा ३८ प्रतिशत सफलता मिल्नेछ । यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ । यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने । सजिलै अरूको विश्वास नगर्ने ।
-
कन्या : समाजसेवामा मन जानेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ । रमाइलो यात्रा हुन सक्छ । मनमा हर्ष, उत्साह र उमङ्ग छाउला । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ । प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ । यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ । यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने । कालो रङको प्रयोग नगर्ने ।
-
तुला : समाजसेवामा मन लाग्नेछ । अधुरा काम पूरा हुनेछन् । धार्मिक यात्राको योग छ । आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन् । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ । केही नयाँ कुरा खरिद गरिनेछ । भाग्यशाली रङ रातो र अङ्क ९ रहेको छ । प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ । यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ । यो राशि हुनेहरूले भोकालाई भोजन दिने । उत्तर दिशा नजाने ।
-
वृश्चिक : सभा-समारोहमा सरिक हुने सम्भावना छ । आफन्तको सहयोग प्राप्त हुनेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्ला । व्यवसायका लागि यात्राको सम्भावना छ । भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ । प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७२, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ । यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ । यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने । सजिलै अरूको विश्वास नगर्ने ।
-
धनु : आफूलाई कमजोर भएको अनुभूति हुनेछ । चित्त दुख्ने समाचार सुन्नु पर्ला । अध्ययनमा त्यति ध्यान दिन नसकिएला । साँझमा भने लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ । प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, सेयर बजारमा ४८, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ । यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ । यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने । कालो रङको प्रयोग नगर्ने ।
-
मकर : शुभकार्यको चर्चा चल्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । बजार घुम्ने अवसर मिल्नेछ । रोकिएको काम आज प्रयत्न गर्दा फत्ते हुनेछ । यात्रामा मालसामान हराउन सक्छ, होसियार हुनु होला । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । भाग्यशाली रङ निलो र अङ्क ४ रहेको छ । प्रेम र सम्बन्धमा ५१, व्यापारमा ५९, सेयर बजारमा ६३, वैदेशिक कार्यमा ६९ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ । यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ । यो राशि हुनेहरूले सकारात्मक सोच राख्ने । कसैलाई नचिढ्याउने ।
-
कुम्भ : नसोचेको ठाउँबाट धनागम हुनेछ । नयाँ रोजगारीको प्रस्ताव आउन सक्छ । वैदेशिक कार्य सहजै अघि बढ्नेछ । प्रेममा मिठास छाउनेछ । छोटो दूरीको लाभदायक यात्रा होला । प्रेमीबाट विशेष सहयोग मिल्नेछ । भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ । प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६३, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ६९ र शिक्षामा ५४ प्रतिशत सफलता मिल्नेछ । यसैगरी स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ । यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने । तामसिक भोजन नगर्ने ।
-
मीन : प्रतिष्ठा कमाउने बेला छ । कार्य सम्पादनमा सहजता मिल्नेछ । जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । स्वादिष्ट भोजनको अवसर मिल्ला । सेयर बजारमा गरेको लगानीले राम्रै फाइदा देला । वैदेशिक कार्यमा सहजता मिल्नेछ । भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ । प्रेम र सम्बन्धमा ६४, व्यापारमा७८, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ । यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ । यो राशि हुनेहरूले प्यासीलाई पानी दिने । खैरो रङको प्रयोग नगर्ने ।

