काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच बुधबार शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आयोजित भेटघाटका क्रममा नेपाल र भारतबीचको बहुआयामिक साझेदारीलाई थप सुदृढ बनाउँदै दुई देशको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउनेबारे गहन छलफल भएको छ ।
सो अवसरमा दुई पक्षीय हित, आपसी सहकार्य तथा द्विपक्षीय सम्बन्धका विविध आयामबारे फलदायी विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

