काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीका मागप्रति सम्बोधन गर्न सरकारले जयराम अधिकारीको नेतृत्वमा वार्ता टोली गठन गरेको छ ।
शिक्षा मन्त्रालयका सहसचिव अधिकारीको संयोजकत्वमा निर्मित उक्त समितिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहसचिव, चिकित्सा शिक्षा आयोगका सदस्य-सचिव र शिक्षा मन्त्रालयका एक जना उपसचिव सदस्यका रूपमा रहेका छन् ।
पूर्वाधार तथा कानुनी मापदण्डबिना नै एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन अनुमति दिने र सिट बढाउने चिकित्सा शिक्षा आयोगको पछिल्लो निर्णय खारेजीको माग गर्दै डा. केसी निरन्तर अनसनमा हुनुहुन्छ । आयोगका उपाध्यक्ष तथा मेडिकल विश्वविद्यालयका पदाधिकारीहरूमा प्रत्यक्ष स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्टरेस्ट) देखिएको भन्दै उहाँले सो निर्णय तत्काल सच्चाउन सरकारसँग माग गर्नुभएको छ ।

