Khaptad Organic Nepal

काठमाडौँ । बलिउड अभिनेता रणवीर कपुर अभिनीत बहुचर्चित पौराणिक फिल्म ‘रामायण’ ले बक्स अफिसमा आक्रामक व्यापार गरिरहेको छ ।

गत नोभेम्बर ५ मा सिनेमाघरमा आएको यस चलचित्रले प्रदर्शनको पाँचौं दिनमा अभूतपूर्व कमाइ गर्दै नयाँ रेकर्ड कायम गरेको छ । विशेष गरी सोमबार भारतभर यो फिल्मले एक्लै १०७.५ करोड भारु संकलन गर्न सफल भयो ।

फिल्मट्र्याकिङ साइट ‘सॅकनिल्क’ का अनुसार प्रदर्शनमा आएको पहिलो पाँच दिनको अवधिमा यसले विश्वबजारबाट ६६३ करोड ९० लाख भारु भन्दा बढीको कुल कमाइ गरिसकेको छ । यसमध्ये घरेलु बक्स अफिसमा मात्र फिल्मको कुल संकलन ३४६ करोड ३५ लाख भारु पुगेको छ भने भारतबाहेकका अन्तर्राष्ट्रिय बजारबाट करिब २५० करोड भारु भित्रिएको छ ।

सुरुवाती दिनहरूमा पनि यसको व्यापार बलियो थियो; जसअनुसार पहिलो दिन ६४.८५ करोड, दोस्रो दिन ४८.५ करोड, तेस्रो दिन ६९.८० करोड र चौथो दिन ५६.१५ करोड भारुको व्यापार भएको थियो ।

यद्यपि, फिल्मको भव्य सफलतासँगै यसको उच्च बजेटलाई लिएर पनि चर्चा चुलिएको छ । मिडिया रिपोर्टहरूका अनुसार यस चलचित्रका दुवै भाग निर्माणका लागि करिब ४ हजार करोड भारु खर्च हुने अनुमान गरिएको छ, जुन विश्वकै सर्वाधिक महँगा फिल्महरूसँग दाँजिन्छ । पहिलो भागको लागि मात्रै २ हजार करोडभन्दा बढी लगानी भएको बताइएको छ । यस विशाल लगानीका कारण आगामी दिनमा फिल्मले आफ्नो गति कायम राख्न नसके व्यापारिक जोखिम हुन सक्ने केही बक्स अफिस विश्लेषकहरूको तर्क छ ।

नितेश तिवारीद्वारा निर्देशित यस फिल्ममा रणवीर कपुरसँगै यश, साई पल्लवी, सनी देओल, रवि दुबे र अनुपम खेर लगायतका चर्चित कलाकारहरूको प्रमुख भूमिका रहेको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।