Khaptad Organic Nepal

काठमाण्डौ । विगत लामो समयदेखि उत्पादन ठप्प रहेको हेटौँडा कपडा उद्योगलाई पुनर्जीवन दिन सरकारले गृहकार्य तीव्र पारेको छ । सरकारी निकायहरूले उद्योगको स्थलगत निरीक्षण गर्दै पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न थालेका हुन् ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौँडा कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीका अनुसार यस पटक सरकारले उद्योग ब्युँताउन विशेष चासो देखाएसँगै सरकारी संयन्त्रहरू सक्रिय भएका छन् । विक्रम संवत २०३२ सालमा हेटौँडा औद्योगिक क्षेत्रभित्र स्थापना भई २०३५ सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको यो उद्योग २०५७ सालमा आइपुग्दा पूर्ण रूपमा बन्द हुन पुगेको थियो । त्यसयता उद्योगलाई फेरि सञ्चालनमा ल्याउन विभिन्न समयमा प्रयासहरू गरिए पनि ती सबै निरर्थक साबित भएका थिए ।

उद्योगमा रहेका मेसिन तथा उपकरणहरू सामान्य मर्मतसम्भार गरेर तत्कालै प्रयोगमा ल्याउन सकिने अवस्थामा रहेको सूचना अधिकारी भण्डारीले स्पष्ट पार्नुभयो । यस पटक उद्योग पुनः सञ्चालनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नै विशेष अग्रसरता लिएको छ । यसै सिलसिलामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव, हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा र मकवानपुरका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले उद्योग परिसरको स्थलगत अनुगमन गरी वस्तुस्थितिबारे जानकारी लिइसकेका छन् ।

उद्योग मन्त्री यादवले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको उत्तर दिने क्रममा चालु वर्षभित्रै हेटौँडा कपडा उद्योगलाई सञ्चालनमा ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । यो ऐतिहासिक उद्योग पूर्ण रूपमा बन्द भएपछि विगत २०७५ सालदेखि यसको परिसरमा सशस्त्र प्रहरी बलको १४ नम्बर गण बस्दै आएको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।