काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्व चयन प्रक्रिया अन्तर्गत रवि लामिछाने पुनः दलको शीर्ष स्थानमा चुनिएका छन् ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार लामिछाने सभापति पदमा निर्विरोध निर्वाचित भएका हुन् । यसअघि उनले आफ्नो उम्मेदवारी दर्ता गर्दा पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रस्तावक राखेका थिए भने ५१ जना महाधिवेशन प्रतिनिधिको समर्थन जुटाएका थिए ।
विपक्षी तर्फबाट अन्य कुनै पनि उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो ।

