Khaptad Organic Nepal

काठमाडौँ । मुलुकको पछिल्लो राजनीतिक परिस्थिति र आन्तरिक दलीय विषयलाई लिएर प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच गहन संवाद भएको छ ।

प्रधानमन्त्री शाह आइतबार सभापति लामिछानेलाई भेट्न उनको बुढानिलकण्ठस्थित निवासमै पुग्नुभएको थियो । दुई नेताबीच करिब चार घण्टासम्म चलेको उक्त भेटमा पार्टीको विधान संशोधन, पदाधिकारी चयन, केन्द्रीय सदस्य मनोनयन र समसामयिक राजनीतिक घटनाक्रमबारे विस्तृत समीक्षा भएको बताइएको छ ।

गणेश नेपालीको आत्मदाह र सुकुम्बासी समस्यालाई लिएर सडकदेखि सदनसम्म सरकारको आलोचना भइरहेका बेला भएको यस भेटलाई राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ । यद्यपि, यो छलफलका विषयमा प्रधानमन्त्री र रास्वपा सभापति दुवैले अहिलेसम्म कुनै सार्वजनिक टिप्पणी भने गरेका छैनन् ।

भेटका क्रममा सभापति लामिछानेले सुकुम्बासी समस्याको तत्काल व्यवस्थापन गर्न र गणेश नेपालीको घटनाका सम्बन्धमा ठोस कदम चाल्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । जवाफमा प्रधानमन्त्री शाहले सरकार यी विषयहरू सम्बोधन गर्न क्रियाशील रहेको र छिट्टै परिणाम देखिने आश्वासन दिनुभएको थियो । उहाँले संसद मार्फत सरकारका कामकारबाहीबारे स्पष्ट पार्ने र सरकारको गतिशीलता बढाउने विषयमा समेत छलफल गर्नुभएको थियो ।

यसबाहेक, रास्वपाको आन्तरिक विधान र पदाधिकारी मनोनयनको विवादले पनि बैठकमा ठाउँ पाएको छ । विधानमा वरिष्ठ नेताको पद प्रधानमन्त्री बालेनका लागि सुरक्षित राखिए तापनि एकभन्दा बढी वरिष्ठ नेता रहने व्यवस्था गरिएपछि पार्टीभित्र असमझदारी बढेको छ । खासगरी विधानमार्फत सम्पूर्ण अधिकार सभापतिमा केन्द्रित गरिएको र संसदीय दलको नेतालाई समेत पदाधिकारीले फिर्ता बोलाउन सक्ने प्रावधान राखिएकाप्रति बालेन पक्षले असन्तुष्टि जनाउँदै आएको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।