काठमाडौँ । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि परेका आवेदनहरूमध्ये १३ जना उम्मेदवारको आवेदन स्वीकृत भएको छ ।
पदपूर्ति सिफारिस समितिले असार ३ गते प्रकाशित सूचना अनुसार परेका निवेदनहरूको छानबिन गर्दा आवश्यक योग्यता तथा मापदण्ड पुगेका १३ जनाको नामावली स्वीकृत गरेको हो ।
स्वीकृत भएका उम्मेदवारहरूमा डा. राजेन्द्रकुमार पोखरेल, सुभाष कोइराला, बुद्ध काजी श्रेष्ठ, गंगा प्रसाद जोशी, डा. प्रमोदकुमार यादव, डा. मुक्तिनाथ खनाल, डा. हुमनाथ गैरे, राजन श्रेष्ठ, तुलसीप्रसाद सुवेदी, विमला भट्ट, पारस अधिकारी, रोशनकुमार महतो र उत्तमकुमार कोइराला रहेका छन् ।

