Khaptad Organic Nepal

काठमाडौँ । देशैभरि मनसुनी वायुको सक्रिय प्रभाव रहँदा धेरैजसो भू-भागमा बदली हुनुका साथै विभिन्न प्रदेशमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानको आसपास अवस्थित छ।

यतिबेला कोशी र लुम्बिनी प्रदेशका सबै क्षेत्र तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी एवम् हिमाली भू-भागमा साधारणतया बादल लागेको छ। यस्तै मधेश प्रदेशसहित बागमती, गण्डकी र सुदूरपश्चिमका तराई क्षेत्रमा आंशिक बदली रहेको छ। अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसोभरि नै देशभरको मौसम साधारणतया बदली रहने अनुमान छ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ। पहाडी भू-भागका धेरै स्थानमा मध्यम वर्षा हुनसक्ने देखिन्छ। यस्तै, कोशी, लुम्बिनी र सुदूरपश्चिमका तराई भू-भागका केही ठाउँ तथा मधेश, बागमती र गण्डकीका तराईका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भू-भाग, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्र र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक-दुई स्थानमा भारी वर्षाको जोखिम छ।

रातिको समयमा पनि देशभर मौसम साधारणतया बदली नै रहनेछ। हिमाली क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा वा हिमपातको सम्भावना कायम रहनेछ । पहाडी भू-भागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका धेरैजसो स्थानमा मध्यम वर्षाको अनुमान गरिएको छ।

मधेश र कोशी प्रदेशका तराई भू-भागका थोरै ठाउँमा वर्षा हुनसक्छ। राति कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भाग, कर्णालीको पहाडी क्षेत्र एवम् लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराईका थोरै स्थानमा भारी वर्षा र एक-दुई ठाउँमा धेरै भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।