काभ्रे । अविरल वर्षासँगै खसेको पहिरो र लेदोका कारण बिपी राजमार्गमा सवारी साधनको आवागमन ठप्प भएको छ ।
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ स्थित पिन्थली–नार्के सडकखण्डमा बिहान ४ बजेतिर माथिबाट ठूलो पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा ठप्प बनेको हो ।
सडकमा लेदो र ढुङ्गामाटो जम्मा भएपछि दुवैतर्फ सयौँको सङ्ख्यामा सवारीसाधन तथा यात्रुहरू बीच बाटोमै रोकिएका छन् । हाल प्रहरी र स्थानीय निकायको टोली उपकरणसहित पहिरो पन्छाउन खटिएका छन् ।
सडक विभाग र सुरक्षाकर्मीको निरन्तर प्रयासबाट छिट्टै सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।
सम्भावित जोखिम र झन्झटबाट बच्नका लागि प्रहरीले सर्वसाधारण तथा सवारी चालकहरूलाई सडकको अवस्था जानकारी लिएर मात्रै यात्रा तय गर्न अनुरोध गरेको छ ।

