Khaptad Organic Nepal

काठमाडौँ । उपत्यकाको ऐतिहासिक एवं सांस्कृतिक परिचय बोकेको प्रसिद्ध गुंला पर्व आजबाट विधिवत रूपमा आरम्भ भएको छ ।

नेपाल संवत्‌को नवौँ महिना ‘गुंला’भर बौद्धमार्गीहरू एकाबिहानै उठेर विभिन्न परम्परागत बाजागाजाका साथ चैत्य तथा बौद्ध बिहारहरूको दर्शन र परिक्रमा गर्छन् । एक महिनासम्म चल्ने यस पावन अवधिमा नामसंगीति पाठ, बुद्धको विशेष उपासना र धार्मिक पदयात्रा गरिन्छ ।

‘गुंला’ शब्द नेवारी भाषाबाट आएको हो, जहाँ ‘गुं’को अर्थ पहाड वा जङ्गल र ‘ला’को अर्थ महिना हुन्छ । विक्रम संवत्‌को पात्रो अनुसार साउन शुक्लपक्ष प्रतिपदादेखि भाद्र शुक्लपक्ष प्रतिपदासम्मको अवधि नै गुंला महिना हो । यस अवधिमा बिहान, दिउँसो र साँझ तीनै समय काठमाडौँ उपत्यकाका विभिन्न बिहारहरूमा बौद्ध मन्त्र तथा संगीतिक पाठ घन्किने गर्छ ।

यस पर्वको मुख्य विशेषता नै परम्परागत बाजागाजा हो । महिनाभर विभिन्न चैत्य तथा मठमन्दिर परिसरमा धाः, घिमेः, नगरा, नाय्खिं, दमखिं, दबदब, मृदङ्ग, पौ पिचा र क्वचा (खिं) जस्ता मौलिक बाजाहरू बजाएर धार्मिक वातावरण सिर्जना गरिन्छ । यस अवधिमा विशेषगरी धा बाजा, म्वायेली र नेकू बाजाको बेग्लै महत्त्व रहन्छ । गुंला महिनाको पूर्णिमाका दिन लाखे नाच प्रस्तुत गर्ने परम्परा समेत छ ।

धार्मिक मान्यता अनुसार यस महिनामा बिहानै परम्परागत बाजाको तालमा काठमाडौँको स्वयम्भू महाचैत्य, बौद्ध तथा स्थानीय गुम्बाहरू परिक्रमा गर्नाले जीवनका पाप नष्ट भई पुन्य प्राप्त हुने विश्वास गरिन्छ । पर्व अवधिभर बर्जित खाद्य पदार्थ जस्तै मासु, अण्डा, लसुन र प्याज जस्ता वस्तु त्यागेर शुद्ध र सात्त्विक आहार मात्र ग्रहण गर्ने र दैनिक स्नान गरी शुद्ध रहने कडा धार्मिक नियम पालना गरिन्छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।