Khaptad Organic Nepal

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सनातन धर्मका पक्षमा दिएको अभिव्यक्ति स्वागतयोग्य भएको बताएकी छन् ।

देउवाले आफू हिन्दू धर्मावलम्बी भएको र सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा स्वीकार गर्नुपर्ने भन्दै दिएको भनाइले देशभित्रका बहुसंख्यक सनातनी समुदायमा नयाँ आशा जगाएको ओलीको ठम्याइ छ । नेपालको मौलिक सभ्यता, संस्कृति र ऐतिहासिक पहिचानको संरक्षणका लागि जुनसुकै ठाउँबाट आवाज उठे पनि त्यसलाई सकारात्मक रूपमा लिनुपर्ने उनले उल्लेख गरेकी छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सांसद ओलीले स्पष्ट जनभावना र व्यापक राष्ट्रिय बहसविना नै नेपाललाई धर्मनिरपेक्ष घोषणा गरिएको भन्दै त्यसमा अझै गम्भीर प्रश्नहरू बाँकी रहेको बताइन् ।

देउवाको यो अभिव्यक्ति व्यक्तिगत आस्थामा मात्र सीमित नरहेर देशको मौलिक पहिचान रक्षाका लागि राष्ट्रिय राजनीतिलाई सही दिशातर्फ मोड्ने आधार बन्नुपर्ने उनको भनाइ छ । आस्था व्यक्तिगत विषय भए पनि राष्ट्रिय पहिचान सबैको साझा मुद्दा भएकाले अब नेपालको सनातन पहिचानबारे खुला र इमानदार बहस हुनुपर्नेमा उनले जोड दिएकी छन् ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।