Khaptad Organic Nepal

काठमाडौँ । देशभर मनसुनी वायु सक्रिय रहँदा मौसममा उल्लेख्य बदलाव आएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थान आसपास र पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर अर्थात् नेपाल नजिक अवस्थित रहेकाले मुलुकभर वर्षाको सम्भावना बढेको हो ।

हाल देशभर साधारणतया बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ । आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बादल लागिरहने महाशाखाले जनाएको छ ।

दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको आकलन गरिएको छ । त्यस्तै, कोशी र बागमतीका पहाडी क्षेत्र तथा तराईका विभिन्न स्थानमा मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम, लुम्बिनी र कर्णालीका पहाडी तथा तराईका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने अनुमान छ भने लुम्बिनी प्रदेशको तराई क्षेत्रमा धेरै भारी वर्षाको जोखिम रहेको छ ।

रातिको समयमा पनि देशभर मौसम बदली नै रहनेछ । देशका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । त्यसैगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र मधेश प्रदेशका तराई क्षेत्रमा समेत मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।