काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोटको नयाँ मापदण्ड र ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज पारित गर्ने भएको छ ।
वनस्थलीस्थित केन्द्रीय कार्यालय घन्टीघरमा आज बिहान ११ बजे बस्ने केन्द्रीय समिति बैठकमा महामन्त्री विपिन कुमार आचार्यले ‘उम्मेदवार छनोट रूपरेखा २०८३’ र ‘राइट टु रिकल’ को प्रस्ताव पेस गर्न लागेका हुन् ।
यसका साथै बैठकमा पार्टीका विभिन्न विभाग र सचिवालयमा पदाधिकारी मनोनयन, केन्द्रीय उम्मेदवार छनोट समिति गठन, र स्थानीय तहसम्म आयोजना गरिने प्रशिक्षण कार्यक्रमका विषयमा पनि गहन छलफल हुनेछ ।
पार्टीका नीति, विचार र गतिविधिलाई सर्वसाधारणसम्म पुर्याउन रास्वपाले ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने कार्यसूचीसमेत तय गरेको छ।

