काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् ।
प्रदेशसभा सचिवालयका अनुसार अधिवेशनको १८औं बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । भदौ ४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थापामगरले बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची तय भएको छ ।
११० सदस्य रहेको बागमती प्रदेशसभामा ६ जना सांसदले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिएपछि हाल १०४ सदस्य कायम छन् ।
प्रदेशसभामा नेपाली कांग्रेसका ३६, नेकपाका २६, नेकपा एमालेका २५, राप्रपाका १२, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद रहेका छन् ।

