Khaptad Organic Nepal

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण जोखिममा परेका ८८३ जनाको नेपाली सेनाले सकुशल उद्धार गरेको छ। बाढीपछि अप्पर त्रिशुली जलविद्युत् आयोजनाको टनेलभित्र थुनिएका ३५० जना मजदुर तथा स्थानीयलाई सुरक्षा निकायले सुरक्षित रूपमा बाहिर निकालेको हो ।

प्रतिकूल मौसम र नदीको उच्च बहावका बीच सैन्य टोलीले टनेलभित्र उद्धार कार्य चलाएको थियो। टनेलमा अझै १०० भन्दा बढी व्यक्ति रहेको र उनीहरूको उद्धारका लागि त्रिशुलीस्थित नम्बर १ सेकेन्ड मुभमेन्ट ट्याक्टिकल मुख्यालयबाट जमदार भक्तजन बस्नेतको नेतृत्वमा टोली खटिएको छ ।

यस्तै धुन्चे ब्यारेकबाट सहसेनानी अभिषेक शाहीको नेतृत्वमा खटिएको टोलीले स्याफ्रुवेशी, टिमुरे, मैलुङ, ठूलो हाकु र हाकुबेँसी क्षेत्रबाट थप ५३३ जनालाई सुरक्षित स्थानमा सारेको छ ।

भदौ ११ गतेसम्ममा सेनाले विभिन्न प्रभावित क्षेत्रबाट कुल ८८३ जनाको उद्धार गरिसकेको छ। सेनाको शीघ्र तत्परताका कारण ठूलो मानवीय क्षति हुन नपाएको र बाँकी रहेकाहरूको उद्धार प्रयास अझै जारी रहेको जनाइएको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।