काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि ठूलो संख्यामा स्वदेशी तथा विदेशी नागरिकहरू अझै सम्पर्कविहीन रहेका छन् ।
नेपाल पर्यटन बोर्डका अनुसार बाढी प्रभावित क्षेत्रमा ३२ देशका कुल ६६७ जना पर्यटक र नेपाली नागरिकहरू सम्पर्कमा आउन सकेका छैनन् ।
भोटेकोशीमा अचानक आएको बाढीका कारण तटीय तथा आसपासका क्षेत्रमा पुगेका यात्रु एवं पर्यटकहरू प्रभावित भएका हुन् ।
उद्धार तथा खोजी कार्य जारी रहे पनि भौगोलिक विकटता र सञ्चार सम्पर्क विच्छेद भएका कारण उनीहरूको अवस्था अज्ञात रहेको छ । पर्यटन बोर्डले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार सम्पर्कविहीन हुनेहरूमा सबैभन्दा बढी भारतीय र त्यसपछि नेपाली नागरिक छन् ।
सुरक्षा निकाय तथा स्थानीय प्रशासनले खोजी र उद्धार कार्यलाई तीव्र पारेका छन् ।

