Khaptad Organic Nepal

काठमाडौँ । साउदी प्रो लिगमा अल नासरको जित यात्रा जारी रहेको छ । गएराति सम्पन्न प्रतिस्पर्धात्मक खेलमा अल नासरले अल ताआउनलाई २-१ गोल अन्तरले हराउँदै जारी सिजनमा लगातार चौथो जित दर्ता गरेको हो ।

अल अव्वल पार्कमा खेलको ११औँ मिनेटमै बसाम अल हुरैजीले गोल गर्दै भ्रमणकारी टोली अल ताआउनलाई सुरुआती अग्रता दिलाएका थिए । अल नासरका गोलरक्षकले रोकेको प्रहार रिबाउन्ड भएपछि हुरैजीले त्यसैलाई जाली चुमाएका थिए । तर, पहिलो हाफको थप समयमा साडियो मानेको मिलाइदिएको पासमा सामु कोस्टाले पेनाल्टी बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै अल नासरलाई १-१ को बराबरीमा ल्याए ।

दोस्रो हाफको पाँचौँ मिनेटमा मोहम्मद सिमाकानको प्रहारलाई क्रिस्टियानो रोनाल्डोले गोलमा परिणत गर्दै अल नासरलाई २-१ को अग्रता दिलाए । भिडियो सहायक रेफ्री (VAR) को समीक्षापछि उक्त गोलले मान्यता पाएको थियो । त्यसपछि दुवै तर्फबाट थप गोल हुन नसक्दा अल नासर विजयी भयो ।

यो जितसँगै ४ खेलबाट शतप्रतिशत १२ अंक जोड्दै अल नासर अंक तालिकाको शीर्ष स्थानमा कायम छ भने अल ताआउन २ अंकका साथ १५औँ स्थानमा छ । यस खेलको गोलसँगै रोनाल्डोको आधिकारिक करियर गोल संख्या ९७८ पुगेको छ र उनी १ हजार गोलको ऐतिहासिक माइलस्टोनबाट अब २२ गोल मात्र टाढा छन् ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।