Khaptad Organic Nepal

काठमाडौँ । आर्थिक अभावका कारण कुनै पनि जलनका बिरामी उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले कीर्तिपुर अस्पतालसँग नयाँ सम्झौता गर्दै २ लाख रुपैयाँसम्मको निःशुल्क उपचार सेवा सुरु गरेको छ ।

महानगरपालिकाले विपन्न, हिंसापीडित तथा बेवारिसे नागरिकका साथै स्थानीय बासिन्दा, जनप्रतिनिधि र कर्मचारी परिवारलाई लक्षित गरी यो सुविधा ल्याएको हो । यसका लागि महानगरले अस्पताललाई २ करोड रुपैयाँ हस्तान्तरण गरेको छ, जसमध्ये १ करोड रुपैयाँ सिधै जलन उपचार कोषमा रहनेछ ।

उक्त कोषको रकम साधारण उपचारमा मात्र खर्च हुनेछ भने क्याबिन वा सौन्दर्य उपचारमा प्रयोग गर्न पाइने छैन ।

महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार उपचारसँगै अग्नि नियन्त्रक, नगर प्रहरी र सर्वसाधारणलाई जलनबाट बच्ने उपाय तथा प्राथमिक उपचारसम्बन्धी तालिम एवं जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिनेछ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।