काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा शीर्ष राजनीतिक नेतृत्वबीच सर्वदलीय बैठक बस्ने भएको छ ।
संसदीय दलको कार्यालय, सिंहदरबारमा आज बिहान ११ बजे बैठक तय भएको प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
देशमा आइपरेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने मुख्य एजेन्डामा बैठक केन्द्रित रहनेछ । बाढीपहिरो तथा प्राकृतिक विपद्बाट भएको क्षति, उद्धार, राहत र पुनर्जागरणका कामलाई चुस्त बनाउन शीर्ष नेताहरूबीच छलफल हुन लागेको हो ।

