Khaptad Organic Nepal

काठमाडौँ । बालबालिकाको सुरक्षा र संरक्षणलाई प्राथमिकता दिँदै सरकारले विपद् वा अन्य जोखिममा परेका बालबालिकाका लागि ‘स्याहार योजना’ सुरु गरेको छ ।

यसै कार्यक्रमअन्तर्गत ललितपुरको गोदावरी नगरपालिका–१२ ठेचोमा एक अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको समन्वयमा राष्ट्रिय बाल अधिकार परिषद्ले उक्त केन्द्र व्यवस्थापन गरेको हो । विपद्का कारण आफन्तबाट बिछोडिएका, अभिभावक नभएका तथा तत्काल विशेष संरक्षण चाहिने बालबालिकालाई यस केन्द्रले सुरक्षित बासस्थान र आवश्यक सहारा प्रदान गर्नेछ ।

केन्द्रमा बालबालिकाका लागि खानपान, बास, स्वास्थ्य परीक्षण, मनोसामाजिक परामर्श र परिवार खोजीजस्ता सेवा एकीकृत रूपमा उपलब्ध गराइनेछ ।

बालबालिकाको हितलाई ध्यानमा राख्दै उनीहरूलाई प्राथमिकताका साथ आफ्नै परिवार वा आफन्तको जिम्मा लगाउने प्रयास गरिनेछ । यदि परिवार भेटिने सम्भावना नरहेमा मात्र कानुन बमोजिम दीर्घकालीन संरक्षणको विकल्प रोजिनेछ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।