Khaptad Organic Nepal

न्युयोर्क । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाअन्तर्गत उच्चस्तरीय सत्रको औपचारिक सुरुवात भएको छ ।

राष्ट्रसंघको न्युयोर्कस्थित मुख्यालयमा आयोजना गरिएको उद्घाटन समारोहमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनाल उपस्थित रहेका छन् ।

यसपटक महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह न्युयोर्क पुगेका छन् । तय भएको कार्यक्रम अनुसार प्रधानमन्त्री शाहले आगामी सेप्टेम्बर २४ का दिन महासभाको सामान्य छलफललाई सम्बोधन गर्नेछन् ।

यस वर्ष महासभाको मूल नारा ‘विश्वास पुनर्स्थापना, परिवर्तनको व्यवस्थापन : सबैका लागि परिणाम दिने संयुक्त राष्ट्रसंघ’ तय गरिएको छ ।

नेपालले राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनका सिद्धान्तहरूमा सधैँ जोड दिँदै आएको छ । सोही अनुरुप विश्व शान्ति, मानव मर्यादा, दिगो विकास र ‘कोही पनि पछाडि नछुटून्’ भन्ने मर्मलाई नेपालले प्राथमिकतामा राखेर आफ्ना प्रतिबद्धताहरू अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्दै आएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।