काठमाडौँ । नेपाली सुनचाँदी बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्यमा ठूलो गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ हजार २०० रुपैयाँले घटेर २ लाख ९९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि अघिल्लो दिन बुधबार सुन प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँमा बिक्री भएको थियो ।
यसैगरी चाँदीको मूल्यमा पनि उल्लेख्य गिरावट दर्ज भएको छ । महासङ्घका अनुसार चाँदी प्रतितोला १६५ रुपैयाँले घटेर ४ हजार ६५० रुपैयाँ कायम भएको छ । बुधबार भने चाँदी प्रतितोला ४ हजार ८१५ रुपैयाँमा कारोबार भएको थियो ।

