Khaptad Organic Nepal

काठमाडौँ । विभिन्न मुलुकका लागि सरकारद्वारा सिफारिस गरिएका राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ ।

संसदीय सुनुवाइ समितिको बिहीबार बसेको बैठकले विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको उजुरी आह्वान गर्दै सुनुवाइ अघि बढाउने निर्णय गरेको हो । समितिका सभापति बोध नारायण श्रेष्ठका अनुसार प्रस्तावित व्यक्तिहरूका विरुद्ध कुनै सूचना वा उजुरी भएमा सर्वसाधारणले १० दिनभित्र आधारसहित विद्युतीय वा अन्य माध्यमबाट पेस गर्न सक्नेछन् ।

गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले डा. कल्याणराज शर्मा (चीन), चिरनजंग थापा (अमेरिका), पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा (बेलायत), जिग्यान कुमार थापा (जापान), सुरेशकुमार कर्ण (इजरायल), प्राप्ति शेरचन (स्पेन), सरू जोशी (जर्मनी), डा. पद्माक्षी राणा (ओमान), चूडामणि खरेल (मलेसिया), प्रा. डा. सङ्गम श्रेष्ठ (दक्षिण कोरिया), डा. मंचल झा (श्रीलंका) र गिरीबहादुर सुनार (साउदी अरेबिया) लाई राजदूतमा सिफारिस गरेको थियो ।

संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि सम्बन्धित देशबाट ‘एग्रिमेन्ट’ (सहमति) मागेर राष्ट्रपतिबाट नियुक्त गरिने संवैधानिक प्रावधान छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।