काभ्रे । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकास्थित कटुन्जेबाट थानसिंहतर्फ जाँदै गरेको यात्रुवाहक बस बिहीबार बिहान खरिबोट खण्डको खोला तर्ने क्रममा तीव्र बहावका कारण बीचमै अड्किएको छ ।
सडकको दुरावस्था र एक्कासि बढेको पानीको सतहका कारण खोला पार गर्न नसकी बस अलपत्र परेको हो ।
घटनाको खबर पाउनासाथ भकुण्डेबेँसीस्थित विपद् व्यवस्थापन बेसबाट खटिएको टोलीले तत्काल पुगेर बसमा सवार सबै यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालेको छ । सुरक्षा निकायका अनुसार यस घटनामा कुनै पनि

