काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको नयाँ विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर, युरो, पाउन्डसहितका विदेशी मुद्राको खरिद तथा बिक्रीदर निर्धारण गरिएको हो।
सार्वजनिक दररेट अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९९ पैसा रहेको छ भने युके पाउन्ड स्ट्रलिङको खरिददर २०४ रुपैयाँ ५५ पैसा र बिक्रीदर २०५ रुपैयाँ ३५ पैसा कायम भएको छ । स्वीस फ्र्याङ्कको खरिददर १८५ रुपैयाँ ९२ पैसा र बिक्रीदर १८६ रुपैयाँ ६४ पैसा छ ।
यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ८३ पैसा र बिक्रीदर १०८ रुपैयाँ २५ पैसा, क्यानेडियन डलरको खरिददर १०८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९९ पैसा एवं सिङ्गापुर डलरको खरिददर १२० रुपैयाँ ६८ पैसा र बिक्रीदर १२१ रुपैयाँ १५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ७६ पैसा र बिक्रीदर नौ रुपैयाँ ८० पैसा कायम हुँदा चिनियाँ युआन एकको खरिददर २३ रुपैयाँ ०८ पैसा र बिक्रीदर २३ रुपैयाँ १७ पैसा निर्धारण गरिएको छ ।
खाडी तथा वैदेशिक रोजगारीका मुख्य गन्तव्य मुलुकहरूतर्फ साउदी रियाल एकको खरिददर ४१ रुपैयाँ १५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३१ पैसा, कतारी रियालको खरिददर ४२ रुपैयाँ ४२ पैसा र बिक्रीदर ४२ रुपैयाँ ५८ पैसा तथा युएई दिरामको खरिददर ४२ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४२ रुपैयाँ २३ पैसा छ । त्यस्तै, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९६ पैसा, कुवेती दिनारको खरिददर ५०१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ५०३ रुपैयाँ २६ पैसा तथा साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११ रुपैयाँ ५६ पैसा तोकिएको छ ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा यथावत् रहेको छ । राष्ट्र बैंकका अनुसार यो दर आवश्यकतानुसार जुनसुकै बेला परिवर्तन हुनसक्ने छ भने वाणिज्य बैंकहरूले तोक्ने दरमा केही फरक पर्न सक्नेछ ।

