काठमाडौँ । नेपालका वाणिज्य बैंकहरूले घरजग्गा क्षेत्रमा गरेको कुल ऋण लगानी २ खर्ब १६ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ ।
नेपाल राष्ट्र बैंक र बैंकहरूको २०८३ भदौसम्मको पछिल्लो वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकले रियल इस्टेट क्षेत्रमा कुल २ खर्ब १६ अर्ब २३ करोड ७७ लाख रुपैयाँ कर्जा प्रवाह गरेका हुन् ।
घरजग्गामा सबैभन्दा धेरै ऋण दिने बैंकको सूचीमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) पहिलो नम्बरमा छ । बैंकले यस क्षेत्रमा मात्रै २२ अर्ब ३२ करोड ४० लाख रुपैयाँ लगानी गरेको छ । त्यसैगरी २१ अर्ब २२ करोड ११ लाख रुपैयाँ कर्जा प्रवाह गरेर प्राइम कमर्सियल बैंक दोस्रो स्थानमा रहेको छ ।
उच्च लगानी गर्ने अन्य बैंकहरूमा एनआईसी एसिया बैंकको १८ अर्ब ८५ करोड ५० लाख रुपैयाँ र नबिल बैंकको १७ अर्ब ९५ करोड ५८ लाख रुपैयाँ रहेको छ । प्रभु बैंकले पनि १६ अर्ब ४५ करोड १७ लाख रुपैयाँ घरजग्गामा प्रवाह गरेको छ । यी पाँच बैंकले मात्रै रियल इस्टेट क्षेत्रको ठूलो हिस्सा ओगटेका छन् ।
यस्तै, नेपाल बैंकले १६ अर्ब ३० करोड ८२ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले १४ अर्ब ८० करोड ९८ लाख रुपैयाँ र ग्लोबल आइएमई बैंकले १२ अर्ब ७७ करोड ४७ लाख रुपैयाँ लगानी गरेका छन् । हिमालयन बैंकको लगानी ११ अर्ब ३३ करोड ४२ लाख रुपैयाँ पुगेको छ । एभरेष्ट बैंकले ९ अर्ब ६४ करोड ९७ लाख रुपैयाँ र स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले ९ अर्ब ६३ करोड १२ लाख रुपैयाँ यस क्षेत्रमा प्रवाह गरेका छन् ।
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको घरजग्गा कर्जा ८ अर्ब १४ करोड ९० लाख रुपैयाँ छ भने सानिमा बैंकको ८ अर्ब १ करोड ७२ लाख रुपैयाँ पुगेको छ । एनएमबी बैंकको ६ अर्ब ५३ करोड ९७ लाख रुपैयाँ, कुमारी बैंकको ६ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ र सिद्धार्थ बैंकको ५ अर्ब ४१ करोड २७ लाख रुपैयाँ लगानी छ ।
कृषि विकास बैंकको ३ अर्ब ९३ करोड ९७ लाख रुपैयाँ र सिटिजन्स बैंकको ३ अर्ब २६ करोड ३६ लाख रुपैयाँ घरजग्गामा कर्जा छ । घरजग्गामा सबैभन्दा कम ऋण प्रवाह गर्नेमा माछापुच्छ्रे बैंक र नेपाल एसबीआई बैंक छन् । माछापुच्छ्रेले १ अर्ब ७० करोड २६ लाख रुपैयाँ लगानी गर्दा नेपाल एसबीआई बैंकको लगानी १ अर्ब ४३ करोड ७८ लाख रुपैयाँमा सीमित छ ।
समग्र बैंकिङ क्षेत्रको विवरण हेर्दा घरजग्गा कर्जामा बैंकहरूको रणनीति र प्राथमिकीकरण फरक-फरक देखिन्छ । शीर्ष दुई बैंक एनआईएमबी र प्राइम कमर्सियलको लगानी २० अर्ब नाघ्दा ६ वटा बैंकको लगानी भने ५ अर्ब रुपैयाँभन्दा तलै सीमित रहेको छ ।

