Khaptad Organic Nepal

काठमाडौँ । मनास्लु लार्केपास पदयात्रा आंशिक रूपमा खुला भएको छ । बूढीगण्डकीमा आएको विनाशकारी बाढीका कारण क्षतिग्रस्त पहुँचमार्ग, पदमार्ग, पुल तथा टी-हाउस लजहरू धार्चे र चुमनुब्री गाउँपालिकाको संयुक्त प्रयासमा मर्मत गरिएपछि यो मार्ग पुनः सञ्चालनमा आएको हो ।

ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान) ले एक सूचना जारी गर्दै पदयात्रीहरूलाई आवश्यक सतर्कता अपनाएर मात्र यात्रा गर्न आग्रह गरेको छ ।

टानका अनुसार पदयात्रीहरू माछाखोलासम्म सवारीसाधनमार्फत पुगेर जगत, न्याकफेदी हुँदै लार्केपासतर्फको यात्रा अघि बढाउन सक्छन् । यारु बगर क्षेत्रको नियमित पदमार्गमा अझै केही कठिनाइ बाँकी रहेकाले १० मिनेटको वैकल्पिक मार्ग प्रयोग गर्न टानले अनुरोध गरेको छ । बाँकी कठिन खण्डहरूको मर्मत कार्य धार्चे र चुमनुब्री गाउँपालिकाले निरन्तर जारी राखेका छन् ।

यता क्यान्टिलिभर पुल भत्किएका कारण चुम उपत्यका पदयात्रा मार्ग भने हाललाई बन्द नै रहेको छ । चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार पुल मर्मतको काम तीव्र रूपमा भइरहेकाले करिब एक साताभित्र उक्त मार्ग पनि पुनः सञ्चालनमा आउनेछ ।

यसैबिच, लाङटाङ, क्यान्जिन र गोसाइँकुण्ड क्षेत्रका पदमार्गहरू पनि पर्यटकका लागि खुला भइसकेका छन् । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले क्षतिग्रस्त बनाएको बेत्रावतीमा बेलीब्रिज जडान गरिसकिएकाले लाङटाङ क्षेत्र पुग्न दुईवटा वैकल्पिक मार्ग उपलब्ध छन् ।

पहिलो विकल्प अनुसार काठमाडौँबाट त्रिशूली र बेत्रावती हुँदै धुन्चे वा ठूलोस्याप्रु पुगेर बम्बु, लामाहोटेल, लाङटाङ भई क्यान्जिनसम्म पुग्न सकिन्छ । त्यस्तै, दोस्रो विकल्पका रूपमा काठमाडौँ-चिसापानी-हेलम्बु-थारेपाटी-घोप्टे-गोसाइँकुण्ड-ठूलोस्याप्रु-बम्बु-लामा होटल-लाङटाङ हुँदै क्यान्जिन पुग्ने मार्ग प्रयोग गर्न सकिने टानले जनाएको छ ।

टानले सम्पूर्ण पदयात्री, पर्यटक तथा पर्यटन व्यवसायीहरूलाई यात्रा तय गर्नुअघि पदमार्गको पछिल्लो वस्तुस्थितिबारे जानकारी लिन र पूर्ण सुरक्षा सावधानी अपनाउन विशेष अपिल गरेको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।