Khaptad Organic Nepal

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भोलिदेखि सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको सम्पूर्ण तयारी पुरा भएको छ ।

प्रतियोगिताका सबै ३२ खेलहरू त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आगामी मंसिर ५ गतेसम्म सञ्चालन हुनेछन् ।

भोलि बेलुकी ५ बजे हुने उद्घाटन खेलमा अघिल्लो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन् ।

यसपटक एनपीएलमा पहिलोपटक हक–आई प्रविधिमा आधारित डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रयोग गरिनेछ, जसअनुसार हरेक टोलीले प्रति इनिङ्स दुईवटासम्म समीक्षा गर्न पाउने व्यवस्था गरिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मान्यता प्राप्त यस संस्करणमा अनुभवी वैदेशिक खेलाडीको सहभागिता रहने हुनाले नेपाली खेलाडीहरूका लागि ठूलो अनुभव हासिल गर्ने अवसर मिल्नेछ ।

मैदानमा पनि करिब दुई हजार थप दर्शक अट्ने छानासहितको सिट, एलईडी स्कोरबोर्ड, डिजिटल बाउन्ड्री र मिडिया सेन्टरजस्ता नयाँ पूर्वाधारहरू थपिएका छन् । लिग चरणमा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स र काठमाडौं गोर्खाज गरी आठ टोलीले एक-आपसमा प्रतिस्पर्धा गरेपछि शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।